अर्थ वार्ता

एक वर्षमा बल्ल सेयर बजारले नाघ्यो २२०० अंक

Banner

काठमाडौं, असार २७-

करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९।२१ अंक बढेको हो ।

यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । लगानीकर्ताले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए ।

आज कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड पुग्यो । १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन पनि जीवन बीमा र बैंकिङ समूह सबैभन्दा धेरै बढे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>