राजनीति
मैले दुई दिनमै निर्मला पन्तको हत्यारा पक्राउ गर्छु भनेको थिइनँः गृहमन्त्री लामिछाने
०

काठमाडौं,असार १०-
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताएका छन् ।सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । उनले संसदमा राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले सोधेको प्रश्नको जवाफ दिने क्रममा निर्मला पन्तको हत्याबारे अनुसन्धान नतिजाउन्मुख रहेको बताएका हुन् ।
उनले आफूले दुई दिनमा हत्यारा पत्ता लगाउने कुरा नगरेको तर प्राथमिकतामा राखेर अनुसन्धान गर्ने उल्लेख गरेको बताए । उनले अहिले पनि अनुसन्धान जारी रहेको बताए । उनले आफूले पहिलो कार्यकालमा गरेका घोषणाहरू नभुलेको पनि बताए ।