समाचार

कालिकामा अनुमति विना राखिएको होर्डिङबोर्ड हटाउन सुरु

Banner

कालिका, असार ८-

कालिका नगरपालिकाको बजार क्षेत्रमा अनुमती विना राखिएको होडिङबोर्ड नगरपालिकाले हटाउन सुरु गरेको छ ।

कालिका नगरपालिकाको स्वीकृति लिई वा निलिई विभिन्न प्रकारका सूचना एवं जानकारीमूलक होडिङ्गबोर्डहरु विजुलीको पोल, महत्वपूर्ण सार्वजनिक स्थलहरु लगायतका स्थानमा राख्ने र समय समाप्त भएपछि पनि उक्त बोर्डहरु नहटाउँदा नगरको सुन्दरतामा असर पुगेको गुनासो बढेपछि नगरप्रहरी परिचालन गरेर कालिकाले होर्डिङ बोर्डहरु हटाउन थालेको हो ।

यसअघि पनि पालिकाले सम्बन्धित व्यक्ति वा संस्थाहरुलाई आफ्नो होर्डिङ्ग बोर्डहरु हटाउन समय दिएको थियो । सात दिने म्याद सकिँदा पनि सम्बन्धित व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले आफ्नो बोर्डहरु नहटाएपछि नगरपालिका आफैले हटाउन थालेको नगर प्रमुख विनोद रेग्मीले जानकारी दिए ।

बजार क्षेत्रका होर्डिङ्गबोर्ड हटाएर हरियाली बनाउन बृक्षारोपण गरिँदै छ । विजुलीका पोलमा विजुली वत्ती जडान गरेर सुन्दर र उज्यालो पालिका बनाउने नगरपालिकाको योजना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>