अन्तर्राष्ट्रिय
भारतमा विषादी मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो
०

नयाँदिल्ली,असार ८-
भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् । तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ ।
मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ । रासस/सिन्ह्वा