गण्डकी
एमाले गैँडाकोट नगरकमिटीको अध्यक्षमा कृष्ण कंडेल निर्वाचित
०

चितवन, असार ६-
नेकपा (एमाले) गैँडाकोट नगरपालिका अध्यक्षमा कृष्ण कंडेल निवाचित हुनुभएको छ । गैंडाकोटमा भएको नगर कमिटिको आज सम्पन्न दोस्रो अधिवेशनबाट प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै कंडेल निर्वाचित हुनुभएको हो । कंडेलले खसेको मतमध्ये १८५ मत ल्याउँदा सुवेदीले १२६ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा गोविन्द सुवेदी, सचिवमा भूमिश्वर भुषाल(राजु) तथा उपसचिवमा नरबहादुर थापा र गोमा पौडेल निर्वाचित हुनुभएको छ ।