खैरहनी
बजेट निर्माणमा खेलकुदमन्त्रीलाई कर्मचारीले जाते पिङ खेलाइदिएछन्ः सांसद हरि ढकाल
चितवन,असार ५-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले खेलकुद मन्त्रीलाई मन्त्रालयका कर्मचारीहरूले घुमाएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै ढकालले बजेट निर्माणमा कर्मचारीहरूले मन्त्रीलाई जाते पिङ खेलाइदिएको आरोप लगाएका हुन्।
उनले भने, हाम्रो खेलकुदमन्त्रीलाई कर्मचारीले घुमाइदिनु भएछ। घुइ घुइ पिङ खेलाइदिनु भएछ। जस्ताको तस्तै यथास्थितिमा छ बजेट। उही प्रीटिङको लागि, अनुगमनका लागि दोहोरो तेहरो कार्यक्रम छ। राष्ट्रिय टिममा मधेसबाट ६ जना खेलाडी थिए। मधेसकै लागि एक रुपैयाँ पैसा छैन।
यस्तै उनले भ्यूटावर बनाउने पैसाले कतिवटा स्टेडियम बन्थ्यो भन्दै प्रश्न गरेका छन्। ढकालले खर्वौँको भ्यूटावर, असरल्ल बन्दा स्टेडियम बनाउन किन नसकेको भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘एमालेका माननीयज्यूहरूलाई अलिकति सुन्दिन आग्रह गरेँ, यो देशमा स्टेडियम बनाउने पैसा हुँदैन। युवा र खेलकुदका लागि अर्थमन्त्रीले बजेट दिनुहुँदैन। अलि पहिला तपाईँहरूको पालामा देशैभरि बनेको भ्यूटावर हेरौँ तरु कति वटा बन्थ्यो स्टेडियम रु खर्वौँको भ्यूटावर, असरल्ल छ। त्यति अनुत्पादक क्षेत्रमा खर्च गरेर दुई वटा स्टेडियम बनाउन नसक्दाखेरि तपाईँहरूले सदनमा आएर भन्नुपर्छ भ्यूटावरवाला कन्सेप्ट गलत थियो, हामीले स्टेडियम बनाउनपर्थ्यो भनेर।’