राजनीति

देउवाले पनि भने ‘सिरोहियालाई पक्राउ गर्नु खेद जनक छ’

Banner

काठमाडौं, जेठ ८-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति खेद व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सिरोहिया प्रक्राउ सरकारको अलोकतान्त्रिक कदम भएको जनाएका छन् । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उदेश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>