राजनीति

सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्ने बहाना मात्र होः गगन थापा

Banner

काठमाडौं,जेठ ८-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्ने बहाना मात्र भएको बताएका छन्।

मंगलबार राति थापाले ट्विटरमा लेख्दै सिरोहियालाई कानुन विपरीत काम गरेका कारण पक्राउ गरिएको भनिए पनि यो प्रतिशोध पूरा गर्ने बहाना मात्र भएको बताएका हुन्। उनले लेखेका छन्, प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन। गल्ती गरेको छ भने जुनसुकै तहको, जो सुकै होस्, जतिसुकै शक्तिशाली होस्, सजायको भागिदार हुनु पर्छ। म यसमा पनि प्रस्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो। मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरूपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुष्प्रयास हो। आफू माथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन्। हेक्का रहोस्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>