राजनीति

सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन: शेखर कोइराला

Banner

काठमाण्डौँ, जेठ ८-
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरेका छन्।

मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेको थियो। धनुषा अदालतले मंगलबार नै सिरोहियाको नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो।

‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरूद्ध छानबिन हुन नदिने,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कोइरालाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’ साथै उनले प्रहरीले सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>