Breaking News
सिरोहिया पक्राउ परेपछि भट्टराईले भनेः प्रचण्ड ज्ञानेन्द्रपथमा लाग्दा लज्जित छु

काठमाडौँ, जेठ ८–
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्ञानेन्द्रपथमा लागेको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारले नाटकीय ढंगले सिरोहियालाई गिरफ्तार गर्नु राम्रो नदेखिएको भन्दै प्रचण्डलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गरेका हुन् ।
‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन,’ भट्टराईले लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्डसम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्डलगायत हामीले त्यसको तीव्र विरोध गरेका थियौं १ आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’