समाचार
मकवानपुरको बकैयामा कार दुर्घटना, तीन जना गम्भीर घाइते
०

काठमाडौं, जेठ ५-
मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार अनियन्त्रित भई बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।
कार सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
घाइते तीनैजना पुरुष रहेको तर परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। दुईजनाको उद्धार गरी अस्पताल पठाएको र अर्का एकजनाको उद्धार भइरहेको डीएसपी भण्डारीले जानकारी दिए।