समाचार
ट्राफिक प्रहरीका एक जवान मृत फेला
०

काठमाडौं, जेठ ५-
काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार यो घटना शुक्रबार अपराह्न ५ बजेतिरको हो। स्थानीयले खबरगरेसँगै प्रहरीको टोली घटनास्थल पुगेको थियो।
खोटाङ घर भएका प्रहरी जवान घिमिरे सामाखुशीमा बस्दै आएका थिए। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए।