चितवन विशेष

मेयर कप फुटबलः पारिजात र विश्वप्रकाशको विजयी

Banner

चितवन, जेठ ४-
भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।

शारदानगरमा भएको समूह ए को खेलमा ओम शान्ति एकेडेमी र गौरीगन्ज माविले बराबरी खेल्दै अंक बाँडेका छन् । ओम शान्ति र गौरीगन्जले १-१ को बराबरी गरेका हुन् । ओम शान्तिका लागि आविस्कार तिवारी र गौरीगन्जका विपिन पौडेलेले गोल गरे ।

खेलको ३२ औं मिनेटमा आविस्कारको गोलमा ओम शान्तिले अग्रता लिएको थियो । तर अन्तिम मिनेट सम्हालिन नसक्दा ओम शान्ति अंक बाँड्न वाध्य भयो । खेलको अतिरिक्त समयमा विपिनले गोल गरेपछि गौरीगन्जले ओम शान्तिसँग एक अंक खोस्यो । बराबरीपछि दोस्रो स्थानमा रहेको गौरीगन्जको दुई खेलबाट चार अंक भएको छ । उता समान खेल खेलेको ओम शान्ति २ अंकसहित तेस्रो स्थानमा छ ।

उता कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा पारिजात ईंग्लिस बोर्डिङ स्कुल विजयी भएको छ । पारिजातले सिद्धार्थ माविलाई २(० ले हरायो । पारिजातको जितमा कशिव श्रेष्ठ र एन्जल ढकालले गोल गरे । कशिवले पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै पारिजातलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको आठौं मिनेटमा एन्जलले गोल गरेपछि पारिजातले अग्रता दोब्बर बनायो । १९ औं मिनेटमा पारिजात १० खेलाडीमा सीमित भयो । अमृत कुँवरले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे । सिद्दार्थका सुमन प्रजा म्यान अफ दि म्याच भए ।

यो जितपछि पारिजात दुई खेलमा तीन अंक बटुल्दै समूह बी मा तालिकाको तेस्रो स्थान उक्लिएको छ । लगातर दुई खेलमा पराजित सिद्धार्थ अंकबिहिन हुँदै पुछारमा छ । यस्तै पटिहानीमा भएको समूह सी को खेलमा विश्वप्रकाश मावि विजयी भएको छ । उसले जनप्रिय ईंग्लिस बोर्डिङ स्कुलविरुद्ध रोमान्चक जित हात पार्‍यो । प्रतिस्पर्धात्मक खेलमा विश्वप्रकाश ३-२ ले विजयी भयो ।

उसको जितमा रियान परियारले दुई तथा लक्की गायकले एक गोल गरे । जनप्रियका एन्जिल तामाङ र पुस्कल कुँवरले गोल गरे । खेलको २६ औं मिनेटमा रियानको गोलमा विश्वप्रकाशले अग्रता लियो । पहिलो हाफको अतिरिक्त समयमा रियालले व्यक्तिगत दोस्रो गोल गर्दै विश्वप्रकाशलाई २(० ले अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमा एन्जिलले जनप्रियका लागि गोल गरे । लगत्तै आठौं मिनेटमा लक्कीले गोल गर्दै विश्वप्रकाशलाई ३(१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा पुस्कलले गोल गरे पनि जनप्रियको हार टार्न सकेनन् । दुई गोल गरेका विश्वप्रकाशका रियान म्यान अफ दि म्याच भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>