चितवन विशेष

चितवनको खैरहनीमा अज्ञात समुहद्धारा ३१५ वटा केराका बोट काटेर नष्ट

Banner

चितवन, जेठ ०३-
पूर्वी चितवनको खैरहनी नगरपालिकामा अज्ञात समूहले करिब तीन सय १५ वटा केराका बोट काटेर नष्ट गरेको छ। रत्ननगर १२ का किसान कृष्ण रेग्मीको खैरहनी ३ मा रहेको केरा बगानमा पसेर बुधबार राती अज्ञात समूहले केरा नष्ट गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाका अनुसार २ लाख ५० हजार मुल्य बराबरको केरा नष्ट भएको छ । ८ बिगाहा क्षेत्रफलमा गरिएको केरा खेती अज्ञात समूहले सुनियोजित ढंगले नष्ट गरिएको बताइएको छ । अज्ञात समुहले केरा काटेर नष्ट गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन इकाई चितवन, इलाका प्रहरी कार्यालय टाँडी, नगरपालिका सहितको टोलिले घट्नाको विवरण उतारेको छ । घट्नापछि दोषि पत्ता लगाएर कारबार्ही गर्न प्रहरीलाई अनुरोध गरिएको ढुंगानाले जानकारी दिए ।

यसैबिच, चितवन केरा उत्पादक संघले विज्ञप्ती जारी गर्दै घटनाप्रति गंभिर ध्यानाकर्षण भएको भन्दै घटना प्रति घोर भर्त्सना गरेको छ । संघका अध्यक्ष माधव प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा विगतमा पनि यस्ता घटना घटिरहेको र घटनामा संलग्न व्यक्तीलाई कार्बाही नगर्दा पटक पटक यस्ता घटना घटेको लेखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>