राजनीति
संसद्मा हंगामा भएपछि छलफलमा दाहाल, ओली र लामिछाने

काठमाडौं,जेठ ३-
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ। प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् भवनमा देखाएको व्यवहार र संसद्अवरुद्धको विषय सत्ता पक्षका तीन शीर्ष दलका नेताहरुबीच छलफल भइरहेको हो।
सदाझैँ आज पनि प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी जारी राखेका थिए। संसद्मा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भन्दै आज पनि नाराबाजी जारी राखेका हुन्।
प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गर्न पुगेका थिए। सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरू सुनाउनुपर्ने बताएका थिए।