चितवन विशेष
मेट्सको आयोजनामा भोलि नारायणगढमा ‘एजुकेशन फेयर’

चितवन,जेठ ३-
शैक्षिक परामर्शको क्षेत्रमा अब्बल एवम अग्रज मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज, शहीदचोक, नारायणगढले प्लस टु दिएर बसेका तथा ब्याचलर्स अनि मास्टर्स गरेका बिद्यार्थी हरुका लागि लक्षित गरेर बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत देखि वर्तमानसम्म आइपुग्दा डेढ दशकको शैक्षिक यात्रामा मेट्सले असंख्य सफलता प्राप्त गरिसकेको छ। बिशेष गरि युएसए, युके, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याड, आयरल्याण्ड, डेनमार्क लगायतका देशहरुमा रहेका बिभिन्न युनिभर्सिटी/कलेजसङ्ग प्रत्यक्षरुपमा सहकार्य र समन्वय गर्दै आइरहेको मेट्सले यहि जेठ ४ गते अर्थात मे १७ तारिख शुक्रवारका दिन ‘मेट्स इन्टरनेशनल एजुकेशन फेयर २०२४ ‘आयोजना गर्न लागेको हो ।
२५ भन्दा बढी युनिभर्सिटी/कलेजका नेपाल स्थित प्रतिनिधिहरुको उपस्थिति रहने सो बिशेष कार्यक्रममा बिद्यार्थीहरुले फेस टु फेस आफ्ना मनमा लागेका हरेक जिज्ञासाहरु मेटाउन सक्नेछन। उच्च शिक्षा अध्ययनका लागि नयाँ गन्तब्यका रुपमा सम्भावना बोकेका अन्य देशहरुका बिषयमा समेत बिद्यार्थीहरुलाई विविध जानकारी प्रदान गरिनेछ । मेट्स चितवनले बिद्यार्थीहरुलाई बिशेष अफर अन्तर्गत प्रीभिलेज कार्ड समेत वितरण गरेको थियो । उक्त कार्ड लिएर आउने बिद्यार्थीहरुका लागि र एजुकेशन फेयरको दिन उपस्थित बिद्यार्थीहरुका लागि आइएलटिएस तथा पिटिई मा ५० देखि शत प्रतिशत सम्मको छूटको ब्यबस्था गरिएको छ ।
बिहान ११ बजे देखि अपरान्ह ५ बजे सम्म संचालन हुने सो कार्यक्रम मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज शहीदचोक नारायणगढमा हुनेछ ।