राजनीति
हाम्रो पार्टी विभाजन गर्न सजिलो छैनः माधव नेपाल
०

काठमाडौं, जेठ ३-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“हाम्रो पार्टी विभाजन गर्न सजिलो छैन । कसैले कुभलो चिताएको छ भने नचिताउन आग्रह मात्रै गर्न सक्दछौं,” उनले भने । उनले पार्टी विभाजनाको सूचना पाए उपलब्ध गराउन समेत आग्रह गरे ।
“सूचना छ भने कृपया उपलब्ध गराउनुस्,” उनले भने, “हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौं । आँखा चिम्लेर अस्वीकार पनि गर्दैनौं ।”
उनले अहिलेसम्म बुझ्दा पार्टी विभाजन गर्ने अवस्था नदेखिएको बताए । समाचार आएकाले आफूहरु आत्तिएको सुनाए । त्यस्तै, जनता समाजवादी पार्टी विभाजन भएपछि समाजवादी मोर्चामा संकट देखिएको बताए ।