खेलकुद

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले गरे सन्यास लिने घोषणा

Banner

नयाँ दिल्ली, जेठ ३-

भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले सन्‍यास लिने घोषणा गरेका छन्।

३९ वर्षीय क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्। उनले बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एक भिडिओ राखेर यसबारे जानकारी दिएका छन्। भिडिओमा उनले आफ्नो करिअरको १९ वर्षे अनुभव साझा गरेका छन्। उनले जुन ६ मा कुवेतविरूद्ध हुने फिफा विश्वकप क्वालिफायर खेल अन्तिम हुने बताएका छन्।

‘म त्यो एक दिन कहिल्यै बिर्सिन्न र बारम्बार सम्झिन्छु जब मैले पहिलो पटक मेरो देशको लागि खेलेको थिएँ, त्यो क्षण अविश्वसनीय थियो,’ उनले आफ्नो पहिलो खेलबारे बयान गरेका छन्। क्षेत्रीले सन् २००५ मा अन्तर्राष्ट्रिय खेलको डेब्यु गरेका थिए। उनले पाकिस्तानविरूद्ध डेब्यु गोल गरेका थिए। उनले त्यस क्षणलाई आफूले कहिल्यै नबिर्सिने र राष्ट्रिय टिमको यात्रामा सबैभन्दा यादगार रहेको बताए।

उनी विश्वमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमध्ये एक हुन्। उनले १५० खेलमा ९४ गोल गरेका छन्। क्षेत्रीले आफ्नो फुटबल करियर सन् २००२ मा कोलकत्ताको मोहुन बगान टिमबाट सुरू भएको थियो।

उनी टोलीमा रहँदा सन् २००८ मा एएफसी च्यालेन्ज कप, सन् २०११ र २०१५को साफ च्याम्पियनसिप, सन् २००७, २००९ र २०१२ को नेहेरू कप र सन् २०१७ र २०१८ इन्टरकन्टेन्टल कप जितेका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>