समाज

राष्ट्रिय युवा संघ भरतपुरद्वारा संघको ज्याकेट वितरण

Banner

चितवन, जेठ ३-

राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले युवा संघको ज्याकेट वितरण गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालको ३५औं स्थापना दिवसका अवसरमा महानगर कमिटी भरतपुरले वीनप्रुफ ज्याकेट वितरण गरेको हो ।

युवा संघ महानगर कमिटीका ५१ जना सबै, युवा संघ जिल्ला कमिटीका पदाधिकारी, युवा संघका प्रदेश तथा केन्द्रीय कमिटीमा चितवनबाट प्रतिनिधित्व गर्ने सदस्यहरु एवम् नेकपा एमाले जिल्ला कमिटी चितवनका पदाधिकारीलाई ज्याकेट वितरण गरिएको हो । युवा संघ महानगर कमिटीका अध्यक्ष राम कार्कीले एक कार्यक्रमका बीच उक्त ज्याकेटहरु वितरण गरे ।

ज्याकेट वितरण पश्चात उक्त ज्याकेट लगाएर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको नेतृत्वमा खाद्यान्न वितरण तथा मदन आश्रित पार्क दासढुंगामा सरसफाइ गरिएको छ ।

संघले भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको मञ्जुश्री आश्रय संरक्षण केन्द्रमा खाद्यान्न हस्तान्तरण गरेको हो भने मदन आश्रित स्मृति पार्कमा सरसफाइ गरेको हो ।

३१औं मदन आश्रित स्मृति दिवसका दिन आज नेकपा एमाले चितवनले दासढुंगाको मदन आश्रित स्मृति पार्कमा स्मृति सभा गर्दैछ । सो कार्यक्रमको पूर्व सन्ध्यामा युवा संघले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा सरसफाइ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>