समाचार
प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
०

हेटौँडा, जेठ २-
बागमती प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङले प्रदेशसभा बैठकमा मातृ (तामाङ) भाषामा आफ्नो भनाई राखेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा सांसद तामाङले प्रदेश सरकारको कामकाजी भाषा ऐन २०८० कार्यान्वयनको काम गर्दै संसद्मा तामाङ भाषामा भनाई राखेका हुन् ।
उनले ऐनको सफल कार्यान्वयन गर्न सरकारलाई दबाब दिन तामाङ भाषामा बोल्नु परेको बताए । तामाङ भाषामा आफ्ना भनाई राख्दै सांसद तामाङले संसद् सहित सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गर्न माग गरेका छन् ।
सरकारले नीति तथा कार्यक्रम जनता लक्षित गरेर ल्याउन जरुरी रहेको सांसद तामाङको भनाई छ ।