खेलकुद

दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा, ४ सयभन्दा बढी खेलाडी सहभागी

Banner

काठमाडौँ, जेठ १-

अमेरिकाको मेरिल्याण्डमा हुने दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ ।

यस प्रतियोगिता जेठ ५ गते हुने भएको छ । प्रतियोगितामा संयुक्त राज्य अमेरिकाको विभिन्न राज्यहरुबाट हालसम्म ४५० जनाभन्दा बढी खेलाडीहरुले आफ्नो नामावली दर्ता गरेका छन् ।

एभरेष्ट पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय प्रतियोगिता नेपालमा सम्पन्न भइसकेको छ । यस्तै अमेरिकामा हुने प्रतियोगिताकाे पिन तयारी पूरा भएको निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो विद्यालयका संचालक बरिष्ठ मास्टर कुमार कार्कीले बताए । उनले प्रतियोगिता संचालनका लागि  ९ जना अन्तर्राष्ट्रिय निर्णायक सहित ३५ जना भन्दा बढी निर्णायकहरुको नामावली संकलन भएकाे जानकारी दिए ।

प्रतियोगितामा गेरुगी तर्फ (वल्र्ड क्लास र ओपन डिभिजन) तथा पुम्से तर्फ (स्पोर्ट पुम्से र ओपन पुम्मे) गरी चार वटा विधामा ४५० भन्दा वढी खेलाडीले आ–आफ्नो समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता मेरिल्याण्डकाे बाल्टिमोरमा रहेको सिसिबिसी क्याटोन्सभिल कम्युनिटी कलेज जिम्नजियमको सुविधा सम्पन्न हलमा संचालन हुने छ । ८ वटा कोर्ट मध्य  ४ वटा कोर्टमा वल्र्ड क्लास तर्फका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । ओपन डिभिजन (खुला प्रतियोगिता) तर्फका खेलाडीहरुले बाँकि ४ कोर्टमा प्रतिस्पर्धा गर्ने छन् ।

गत बर्ष “प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता” सम्पन्न गर्न सफल भएको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोले यस पटक पनि भव्यताको साथ सम्पन्न गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>