खेलकुद

सेन्ट्रल कलेज भरतपुर मेयर कप फुटबलः ग्रीनल्याण्ड, भानु मावि र लक्ष्मी मावि विजयी

Banner

चितवन, वैशाख ३१–

भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएका छन् ।
कृष्णपुरको मैदानमा भएको समूह बी को खेलमा ग्रीनल्याण्ड पब्लिक स्कुलले सिद्धार्थ माविलाई २–० ले हरायो । उसको जितमा हिमाल राना र प्रज्वल गुरुङले गोल गरे ।
हिमालले खेलको २१ र प्रज्वलले ५९ औं मिनेटमा गोल गरे । ग्रीनल्याण्डका हिमाल म्यान अफ दि म्याच भए । यो जितपछि ग्रीनल्याण्ड ३ अंकका साथ दोस्रो र सिद्धार्थ अंकबिहिन हुँदै तेस्रो स्थानमा छ ।
यस्तै अमर मावि पटिहानीको मैदानमा भएको समूह बी कै खेलमा पारिजात इङलिस स्कुलविरुद्ध आदिकवि भानु माविले फराकिलो जित निकाल्यो । भानु माविले पारिजातलाई ० का विरुद्ध ५ गोलले पाखा लगायो ।
उसको जितमा बिजेश परियारले ह्याट्रिक गरे । उनले खेलको १२, ३२ र ५१ औं मिनेटमा गोल गरे । साहिल विकले दुई गोल गरे । उनले ३८ र ४१ औं मिनेटमा गोल गरे । ह्याट्रिक स्कोरर बिजेश म्यान अफ दि म्याच भए ।
यो जितपछि भानु मावि ३ अंकका साथ तालिकालो शिर्ष स्थानमा छ । उसले समान अंक भए पनि गोल आधारमा दोस्रो स्थानको ग्रीनल्याण्डलाई पछि पारेको हो । पारिजात अंकबिहिन हुँदै पुछारमा छ ।
लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा लक्ष्मी माविले जित हात पारेको छ । लक्ष्मी माविले जनप्रिय पब्लिक स्कुललाई १(० ले हराएको हो ।
लक्ष्मी माविको जितमा अमन दर्जीले निर्णायक गोल गरे । उनले खेलको ६५ औं मिनेटमा गोल गर्दै जित दिलाए । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि लक्ष्मी मावि ३ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको हो । पराजित जप्रिय तेस्रो स्थानमा छ । यो समूहमा विश्वप्रकाश शिर्ष स्थानमा छ । अंकबिहिन ईडेन गार्डेन इङलिस स्कुल गोल आधारमा पछि पर्दै तालिकाको पुछारमा छ ।
लिगमा मंगलबार पनि तीन खेल हुनेछ । मंगलबार कृष्णपुरमा समूह डि का सनराईज इङलिस स्कुल र जनज्योति मावि भिड्नेछन् । यस्तै पटिहानीमा समूह ई का वाल्मीकि शिक्षा सदन र श्री दुर्गा शेषकान्त मावि तथा शारदानगरमा समूह एफ का अंकुरम एकेडेमी र किरण अमरजंग भिड्नेछन् । सबै खेल दिउँसो ४ः३० बजे हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>