समाचार

अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

Banner

काठमाडौँ,बैशाख ३१-

अनलाइनमार्फत नाबालिका र किशोरीहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नम्बर–६ घर भएर गोकर्णेश्वरस्थित माकलबारी बस्ने अंजली अधिकारी छिन् ।

१९ वर्षीय अधिकारीले स्ट्रिप च्याटमार्फत नाबालिका र किशोरीहरूलाई लाइभ भिडियो च्याट गर्न लगाएर यौन व्यवसायमा लगाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले बताए । अनलाइनमा बसेर अंग प्रदर्शन गरेर पुरुषहरूलाई मोहित बनाएर उनले यौनधन्दा सञ्चालन गरेकी हु । अधिकारीविरुद्ध प्रहरीले बालबालिका सम्बन्धी ऐन अनुसार म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>