देश/प्रदेश
नेपालीलाई केन्यामा बन्धक बनाएको आरोपमा थप ३ जना पक्राउ

काठमाडौँ, वैशाख ३१-
अमेरिका र क्यानडा लैजाने प्रलोभन देखाएर नेपालीलाई केन्यामा बन्धक गराएको आरोपमा थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ गाउँपालिकाका ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँकै ४८ वर्षीय जंगबहादुर विक छन् ।
कञ्चनपुरको गड्डाचौकी नजिकैबाट आइतबार पक्राउ परेका तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुले अमेरिका जाने प्रलोभन देखाएर प्रतिव्यक्ति ४० देखि ५० लाख रुपैयाँसम्म र क्यानडा जान प्रतिव्यक्ति २२ देखि ३० लाख रुपैयाँसम्म लाग्ने विश्वास दिलाएर ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेकाहरुले अमेरिकाका लागि दुबई ट्रान्जिट बनाएर केन्या, युगान्डा लगेर ९ महिनासम्म बन्धक बनाएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
अमेरिका पठाउछु भन्दै करोडौँ ठगेर केन्यामा नेपाली बन्धक बनाउने मुख्य आरोपी पक्राउ