राजनीति
प्रधानमन्त्रीसँग कुरा गरेपछि मलाई सरकारमा बस्न मन लागेनः उपेन्द्र यादव
०

काठमाडौं, वैशाख ३१-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेपछि सरकारमा बस्न मन नलागेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
अप्ठरो परिस्थितिमा पनि आफूले प्रधानमन्त्रीलाई साथ दिँदै आएको र प्रधानमन्त्री दाहालसँग कुराकानी गरेपछि आफूलाई सरकारमा बस्न मन नलागेकोले राजीनामा दिएको यादवले बताए ।
अबदेखि भने सहयोग गर्न नसक्ने निष्कर्षमा पुगेको बताउँदै यादवले भने, ‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई सहयोग गर्न सकिएन। अहिले राजीनामा नै गर्दा नै उचित हुन्छ भनेर राजीनामा दिएको हुँ।’
यादवले आज (सोमबार) उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट पनि राजीनामा दिएका हुन्।