चितवन विशेष

राष्ट्रिय दलित पत्रकार संघ चितवनको अध्यक्षमा श्याम विश्वकर्मा

Banner

चितवन, वैशाख ३०-

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति चितवनको अध्यक्षमा श्याम विश्वकर्मा चयन भएका छन् ।

शनिबार सम्पन्न संघको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा यात्री छिदाल परियार, सचिवमा सन्तोष विश्वकर्मा, सहसचिव सरोज परियार र कोषाध्यक्षमा भाग्यश्वरी गायक चयन भएकी छन् ।

यस्तै कार्यसमिति सदस्यहरूमा निरूता बि.क, अस्मिता उपरकोटी, दिप्ती विश्वकर्मा र रोहन सुनार चयन भएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अमिर रामदाम र एलिना पोख्रेल प्रीतिलाई चयन गरेको छ । प्रदेश प्रतिनिधिमा भने गोपाल विश्वकर्मा, अतिना परियार र सन्तोष परियारलाई चयन गरेको संघले जनाएको छ ।

 

यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाले सात जनालाई पुरस्कृत गरेको छ । चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८/०७९ बाट नगद १५ हजार राशिसहित लक्ष्मण दर्नाल र सोही पुरस्कारको वर्ष २०७९/०८० बाट निरूता बि.कलाई पुरस्कृत गरिएको हो ।

चूडामणि बराल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०७८/०७९ बाट नगद पाँच हजारसहित सरोज उपरकोटी र सोही पुरस्कारको २०७९/०८० बाट गोपाल विश्वकर्मा पुरस्कृत भएका छन् । चूडामणि बराल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार २०७८/०७९ बाट रामकान्त पौडेल र सोही पुरस्कारको वर्ष २०७९/०८० बाट तुलमान गुरूङ नगद पाँच हजारसहित पुरस्कृत भएका छन् । साथै स्वर्गीय महावीर विश्वकर्मालाई भने मरणोपरान्त नगद पाँच हजार राशिसहित सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>