देश/प्रदेश

विश्व कीर्तिमान राख्न आफ्नै रेकर्ड तोडेर शेर्पाले २९औं पटक चढे सगरमाथा

Banner

काठमाडौं, वैशाख ३०-

नेपाली पर्वतारोही कामीरिता शेर्पाले विश्व कीर्तिमान राखेका छन् । आफ्नै रेकर्ड तोड्दै शेर्पाले विश्व कीर्तिमान राखेका हुन् । शेर्पाले आज (आइतबार) बिहान ७ बजेर २५ मिनेटमा २९औं पटक सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको हो ।

यसअघि २८ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैँले भंग गरेका थिए । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ ९ गते २८ औं पटक सगरमाथा पुगेका थिए । शेर्पाले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि जितेका हुन् ।

सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् । जनवरी २, १९७० मा जन्मेका शेर्पाले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>