देश/प्रदेश
हराएको नागरिकताको दुरुपयोग गरेर जापान पठाइ दिन्छु भन्दै ३ करोड ठगी गर्ने प्रकाउ
०

काठमाडौं, वैशाख २१-
जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादहका ईश्वरी पाण्डे पकाउ परेका हुन् ।
अर्काको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेशन कन्सल्टेन्सी चलाएर उनीहरूले जापान पठाइदिने भन्दै २ सय बढी व्यक्तिबाट करिब ३ करोड ठगी गरेको प्रहरीले जनाएको छ । पुतलीसडकमा रहेको सोही कल्सलटेन्सीबाट अध्ययन तथा रोजगारीका लागि जापान पठाउने भनी ४ लाखदेखि ७ लाख रुपैयाँसम्म उठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी उनीहरूले कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका थिए । नागरिकता धनी पठाओ चालक हुन् । उनले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि नै हराएको भनेर प्रहरीमा बयान दिएका थिए ।