चितवन विशेष

भरतपुरमा कारकाे ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते, कार चालक पक्राउ

Banner

चितवन, वैशाख ३-

भरतपुर महानगरपालिका–१० नारायणी नमुना मावि अगाडि आइतवार दिउँसो कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

आइतवार दिउँसो १२ः१५ बजेको समयमा बा ८ च ३६९ नम्बरको कारले बा प्र०३–००२ प ५२३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका–४ बस्ने ३४ वर्षीय शंकर पौडेल सामान्य र स्कुटर पछाडि सवार भरतपुर–११ बस्ने ६४ वर्षीय एकनारायण पौडेल गम्भीर भाइते भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

दुवै घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक झापा मेची नगरपालिका–६ बस्ने बर्ष ३३ को अभिशेक सुवेदी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>