Breaking News

बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि थप एक जना नियन्त्रणमा

Banner

काठमाडौं, वैशाख २-

काभ्रेमा बुद्धचित्तको बोट काटिएको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त घटनाबारे सोधपुछका लागि शनिबार राति एक जनालाई नियन्त्रणमा लिइएको हो। काभ्रेको रोशी गाउँपालिका-५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो।

१५-२० जनाको अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम राखेको थियो। उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो। शेरबहादुरले वार्षिक तीन करोड रूपैयाँ पाउने गरी सन्दीप त्रिपाठीसँग सम्झौता गरेका थिए।

प्रहरीले शुक्रबार नै सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>