चितवन विशेष

लायन्स क्लब अफ नारायणगढ संगमचोकको अध्यक्षमा दिपक

Banner

चितवन, चैत १८-
लायन्स क्लब अफ नारायणगढ संगम चोकको अध्यक्षमा दिपक काफ्ले चयन भएका छन् ।
क्लबको २२ औं अधिवेशनबाट वर्ष २०२४/२५ का लागि काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा तुलसी सापकोटा, द्वितीय उपाध्यक्षमा उज्ज्वल श्रेष्ठ, तृतीय उपाध्यक्षमा विश्वराज भट्टराई, सचिबमा देवेन्द्र पौडेल र कोषाध्यक्षमा रुपक पौडेल चयन भएको निर्वाचन मण्डल संयोजक निवर्तमान डिस्ट्रीक गभर्नर पिएमजेफ लायन सिदार्थलाल चुकेले जानकारी दिए ।
यस्तै क्लबको मेम्बर चियरपर्सनमा सुबिर श्रेष्ठ, एलसीसाइफ कोअर्डिनटरमा विनोद प्रसाद तिमिल्सिना, क्लब सर्भिस चियरपर्सनमा दिपक अधिकारी, क्लब मार्केटिङ दुर्गादत्त अधिकारी, एक वर्षको डाइरेक्टरमा बुद्धिप्रसाद अधिकारी, विजयकुमार गुप्ता, दुई वर्षको डाइरेक्टरमा अश्विन श्रेष्ठ, पिआरओ चिफ गुन्जन कुमार श्रेष्ठ, टेमरमा जीवनमुक्ती पिया र टेल ट्विस्टरमा अमित कौडेल चयन भएका छन् ।
अधिवेशन क्लबका वर्ष २०२३/२४ का अध्यक्ष सुबिर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>