Breaking News

बागमती सरकारमा एमाले सहभागी, चितवनका जेएन थपलिया बने आर्थिक मामिला मन्त्री

Banner

चितवन,चैत १७-

बागमती प्रदेश सरकारमा नेकपा एमाले दोस्रो पटक सहभागी भएको छ । एमालेको तर्फबाट संसदीय दलका नेतासमेत रहेका जगन्नाथ थपलियाले शनिबार आर्थिक मामिला तथा विकासमन्त्रीको शपथग्रहण गरेका हुन् । उनि चितवन क्षेत्र नम्वर १ (क) बाट निर्वाचित सांसद हुन ।

चालू प्रदेश सरकारमा थपलिया दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि २०७९ पुस २६ मा पनि उनी आर्थिक मामिलामन्त्री बनेका थिए । बागमतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीको शपथ लिएका थिए ।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूवार्धार विकास र सामाजिक विकास मन्त्रालय परेको छ । नेकपा एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ । अब बाँकी पाँच वटै मन्त्रालयमा एमालेले दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>