राजनीति

राष्ट्रियसभा बैठकः सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन छिटो बनाउन निर्देशन

Banner

काठमाडौँ, चैत १६-
राष्ट्रियसभाकोे आजको बैठकले स्थानीय र प्रदेश सरकारले संवैधानिक अधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित अध्ययन प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफपछि अध्यक्ष नारायणप्रसाद दाहालले सो निर्देशन दिनुभएको हो । बैठकमा प्रधानमन्त्री दाहालले ती कानुन ल्याउन सरकार सजग रहेको र विभिन्न २१ कानुन संसद्मा पेस हुने तयारीमा रहेको जानकारी दिनुभएको थियो ।

सो प्रतिवेदनमा तीन तहको अधिकार क्षेत्रसँग सम्बन्धित आवश्यक कानुनहरू प्रहरी समायोजन, सङ्घीय निजामती सेवासम्बन्धी कानुन, प्राकृतिक स्रोत साधनको उपयोग र प्रयोगमा तीन तहको अधिकार क्षेत्र स्पष्ट हुनुपर्नेलगायतका विषयमा सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>