राजनीति
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको आधार प्रमाण देखिएनः प्रहरी महानिरिक्षक कुँवर

काठमाडौँ, चैत १४-
नेपाल प्रहरीका महानिरिक्षक वसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताउनुभएको छ । बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताउनुभएको हो ।
उहाँले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताउनु भयो । उहाँले जिबि राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताउनु भयो । राई मलेसियामा भएपनि नेपाल र मलेसियाका बीचमा सुपुर्दगी सन्धी नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जिबी राईको इस्युमा हामी संवेदनशील छौँ । यो इस्युको मेन जड त्यही हो भन्ने हामीलाई लाग्छ । हामीले डिफ्युजन नोटिस जारी ग¥यौँ । रेड कर्नर नोटिश जारी ग¥यौँ । सम्बन्धित पक्ष मलेसियामा छ नै भन्छौँ । मलेसियामा सुपुदर्गी सन्धी छैन । हामीले आग्रह पत्र पठाएका भएपनि मलेसियन सरकार बाध्य भएको छैन । इन्टरपोलले फिर्ता पठाउन सक्दैन । अझैपनि हामी मेरो तहबाट काम गर्दैछौँ । सहकारीको विषयमा ठाडो उजुरी आयो । अनुसन्धान गर्दाखरी तथ्य प्रमाण भेटिदैन, रवि लामिछानेमा अहिलेसम्मको तथ्य, प्रमाणमा कुनैपनि आधार देखिँदैन ।’ न्युज एजेन्सी नेपाल