समाचार

त्रिपुरेश्वर पुगेर पूर्व राजा शाहले गरे राहदानी नवीकरण

Banner

काठमाडौँ, चैत १०–

पूर्व राजा ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन् । पत्नी कोमलका साथ राहदानी विभाग त्रिपुरेश्वर पुगेका शाहले सर्वसाधारणसरह लाइनबाटै सेवा लिएका थिए ।

‘उहाँ राहदानी नवीकरण गर्न आफैँ आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ, नभन्दै उहाँ आउनु भयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो’ विभागका एक अधिकृतले बताए ।

राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>