देश/प्रदेश

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छः अध्यक्ष ओली

Banner

काठमाडौँ, चैत ८-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९ ओँ अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताउनुभयो ।

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राख्नुभयो । समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानाता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयोे ।

उहाँले मानिस रङ्ग, जात र सम्पति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने बताउनुभयो । उहाँले सबै मानिस जन्मँदा बराबर जन्मिन्छन् र स्वतन्त्र हुने बताउनुभयो ।

“जातका आधारमा, रङ्गका आधारमा, वर्ण तथा लिङ्गका आधारमा वा कुनै आधारमा मानिस ठूलो र सानो भन्ने हँुदैन । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्दछ । तर कोही ठूलो सानो भन्ने हँुदैन । छुतअछूत भन्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पार्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै सङ्गठित गरेर अघि बढाउँदा जातीय विभेद् अन्त्य गर्न सकिन्छ भनेर विसं २०४५ मा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद् विरुद्धको आन्दोलन चलाएको बताउनुभयो । हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उहाँको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>