चितवन विशेष

चितवन प्रहरी प्रमुख भावेश रिमाललाई उद्योग वाणिज्य संघको स्वागत

Banner

चितवन, चैत ८-

उद्योग वाणिज्य संघ–चितवनले चितवन प्रहरी प्रमुख भावेश रिमाललाई स्वागत गरेको छ ।

आज संघको सचिवालयमा एक कार्यक्रम गरी रिमाललाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउँदै बिगत लामो समयदेखि उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको जानकारी दिए । उनले आगामी दिनमा पनि सहकार्य रहिरहने अपेक्षा ब्यक्त गरे ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकासलगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानीय प्रशासन, सुरक्षानिकाय, स्थानीय निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

कार्यक्रममा चितवन प्रहरी प्रमुख भावेश रिमालले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमनचयनमा कुनै कसर नराख्ने बताउँदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखे । स्वागत कार्यक्रममा प्रहरी प्रमुख रिमालले आम नागरिकले पनि आफू पनि प्रहरी रहेको अनुभूत गर्दै व्यवसाय एवम् आफ्नो सुरक्षामा सचेत रहन अनुरोध गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष रमेशकुमार पियाले आर्थिक मन्दीको बेलाचोरी डकैतीलगायतका क्रियाकलाप बढी हुने भएकाले सुरक्षामा चनाखो हुनुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षको अवसरमा चितवनमा आउने पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण सिर्जना हुनेमा विश्वस्त हँुदै नवआगन्तुक प्रहरी प्रमुख भावेश रिमाललाई चितवन बसाइँ सफलताको शुभकामना दिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष उत्तमलाल चुकेले चितवन जिल्लाको सुरक्षा व्यवस्थापन होस् वा अपराध न्यूनीकरणका सवालमा होस् उद्योग वाणिज्य संघ चितवनले विगतमा पनि सहकार्य गरेको र आगामी दिनमा समेत सहकार्य गर्ने बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्षहरु पदाधिकारी, कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताए । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गरको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>