राजनीति

सरकारको इन्जिन नै काम नलाग्ने भइसको छ, गियर फेरेर केही हुँदैनः रामहरि खतिवडा

Banner

काठमाडौं, चैत ७-

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले सरकारको इन्जिन नै काम नलाग्ने भइसकेकाले गियर परिवर्तन गरेर काम नहुने टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य खतिवडाले सरकारको इन्जिन काम नलाग्ने भएको बताएका हुन्।

उनले सरकारले गियर परिवर्तन गरे पनि केही काम नगर्ने बताए। उनले सरकारको न्यूनतम साझा कार्यक्रममा विभिन्न आयोगहरु गठन गर्ने उल्लेख गरिएको भन्दै सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन गर्न नसक्ने सरकारले कसरी गठन गर्छ भन्नेमा आशंका व्यक्त गरे।

उनले भने, ‘केही दिन अगाडी प्रधानमन्त्रीज्यूले संसदमा बोलेको सुनेँ। सरकारको गियर परिवर्तन गर्नुपर्‍यो भन्नुभयो। एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम गर्दैन भन्ने आभाष हामीलाई भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>