राजनीति

समिति गठन गर्न अल्टिमेटम दिँदै कांग्रेसले गर्‍यो प्रश्न: के उहाँ स्वर्गबाट आएको हो ?

Banner

काठमाडौं, चैत ७-

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि नेपाली कांग्रेसले अल्टिमेटम दिएको छ । लामिछानेमाथि छानबिन गर्न आगामी बैठकसम्म संसदीय छानबिन समिति गठन गर्न माग गर्दै कांग्रेसले अल्टिमेटम दिएको हो।

गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले भनिन्- कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>