राजनीति

कांग्रेसका प्रमुख सचेतकः म भन्छु गृहमन्त्रीविरूद्ध पर्याप्त प्रमाण छ, यसको छिनोफानो कसले गर्छ ?

Banner

काठमाडौं, चैत ६-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी गर्ने बिषयमा संलग्न रहेको भन्दै राजीनामा अडान कायमै राखेको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले चित्तबुझ्दो जवाफ नदिएको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ । उहाँ नै अध्यारोमा हुनुहुन्छ । म भन्छु कुनै होइन पर्याप्त प्रमाण छ । यसको छिनोफानो कसले गर्छ ? अब कसरी निष्पक्ष छानबिन होला ? उहाँले प्रमाण छैन भन्नुभएको छ सरकारीबाट रवि लामिछानेको नाममा पेश्की फच्छ्यौट भएको छ । प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको छ ।  ’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>