समाचार

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

Banner

काठमाडौं, चैत २-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य घटाएको हो ।

यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>