राजनीति
रविजी तपाईं पीडक हो, पीडितलाई न्याय दिन सक्नुहुन्न: कांग्रेस सांसद केसी
०

काठमाडौं, चैत २-
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले रवि लामिछाने आफैं पीडक रहेको भन्दै गृहमन्त्रीका रूपमा उनले सहकारी पीडितलाई न्याय दिन नसक्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेकाले गृहमन्त्री स्वीकार्न नसक्ने बताए ।
‘रविजी तपाईं पीडक हो । पीडकले पीडित (सहकारी पीडित) लाई न्याय दिन सक्दैन । त्यसकारण यसको अनुसन्धान नसकिंदासम्म विश्राम लिनुहोस् । ठीक भएको अवस्थामा आउनुहोला । होइन भने हामी कुनै पनि हालतमा तपाईंलाई गृहमन्त्री स्वीकार्नेवाला छैनौं’ उनले भने ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफू सदस्य नभएको सहकारीबाट ऋण लिएर गाडी किनेको आफ्नो जानकारीमा रहेको सांसद केसीले बताए ।