राजनीति
अनुसन्धान घेरामा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले जनायो आपत्ती
०

काठमाडौं, चैत १-
नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै उपप्रधान तथा गृहमन्त्री बनाएकोप्रति विरोध जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाए।
उनले भने, ‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ। अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ।’