चितवन विशेष

सिर्डी साइबाबा मन्दिरको सहयोग (तस्बिरमा)

Banner

भरतपुर,चैत १-

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ५ नारायणपुरस्थित श्री सिडी साइबाबा मन्दिर मार्फत विभिन्न संघ संस्थालाई सहयोग गरिएको छ । सामुदायिक स्तरमा काम काम गर्दै आएका विभिन्न संस्थाहरुलाई सोमबार आयोजित मन्दिर स्थापनाको वार्षिकोत्सवको अवसर पारेर सहयोग गरिएको हो ।

गाँमबेसीको चेपाङ संरक्षण केन्द्र, सहिद स्मृती स्कूल पारसनगर, कौडिन्य ऋषि आश्रम देवघाट, गलेश्वर आश्रमका बृद्धबद्धलाई भोजन, साहाराको घर र जनजातिको उत्थानमा काम गर्दै आइरहेको संघसंस्थालाई सहयोग गरिएको हो । लामो समय चिकित्सा क्षेत्रमा काम गर्नुभएका डा.सुन्दरमणि दिक्षितले नारायणपुरमा सिडी साइबाबा मन्दिर स्थापना गर्नुभएको छ । यहाँ प्रत्येक बर्ष प्रवचन सहितको कार्यक्रम आयोजना गरेर सामाजिक क्षेत्रमा काम गरेका संघ संस्था र व्याक्तिलाई सहयोग गर्ने गरिएको छ । सोमबार डा.मनोज भण्डारीले एक घण्टा प्रवचन दिनुभएको थियो ।

सो अवसरमा बोल्दै दिक्षितले साइबाबा कृपाले सबैलाई राम्रो हुने भन्दै यहाँ स्थापना भएको मन्दिरमा दर्शन गरेर मागेको कुरा पुरा हुने गरेको बताउनुभयो । उहाँले सकरात्मक सोचका साथ गरिने कामले सफलता मिल्ने भन्दै सबैलाई सत्मार्गमा लैजाने साइबाबाले प्रेरणा दिने उल्लेख गर्नुभयो । डेढ सय चेपाङ बालबालिका आवासिय रुपमा बसेर अध्ययन गरिरहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले सिडी साइबाबा मन्दिर मार्फत भएको सहयोगको प्रशंसा गर्नुभयो ।

सो अवसरमा डा. समिरमणि दिक्षीतले सहभागिलाई स्वागत गर्दै स्थानिय स्तरमा भइरहेको साथ र सहयोगप्रति धन्यबाद ज्ञापन गर्नुभयो । प्रवचन कार्यक्रममा दुई सय बढि स्थानियको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>