Breaking News

मैले माओवादीसँग गठबन्धन काम छैन भनेकै हो, कसैले टेरेनन्, अहिले धोका भयो: टेकप्रसाद गुरुङ

Banner

चितवन, फागुन ३०-

नेपाली कांग्रेस चितवनका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धन काम छैन भन्दा भन्दै पार्टीमा कसैले कुरा नसुन्दा अहिले धोका खाएको बताएका छन् ।

नेता गुरुङले केन्द्रीय बसपार्कमा शीर्ष नेताहरु सहभागी सभामा आफूले गठबन्धनको विरोध गर्दा कसैले नसुनेकोले अहिले धोका खाएको बताएका हुन् ।

नेता गुरुङले नारायणी अनलाइनसँग कुरा गर्दै चुनावमा गठबन्धन गरेर जानु गलत भएको बताए । उनले भने, ‘ मैले पहिलेदेखिनै चुनाव अगाडिको गठबन्धन काम छैन भन्दै आएको हो । केन्द्रीय बसपार्कको सभामा पनि सबै नेतालाई भने । कांग्रेस केन्द्रीय समिति बैठकमा पनि भने । रामचन्द्र पौडेलले मलाई पेले । मेरो कुरा कसैले सुनेन । निर्वाचनपछि संघीय सरकार निर्माणमा भने गठबन्धन गर्न सकिन्छ भने तर कसैले सुनेनन् । प्रचण्डले पनि टेकप्रसादले गठबन्धनको विरोध ग¥यो भनेर ठाउँठाउँमा टिप्पणी गरे ।’

नेता गुरुङले चितवन–३ मेरो क्षेत्र हो यहाँबाट चुनाव लड्ने हो भनेपछि प्रचण्ड गोरखा गएको बताए । उनले भने, ‘ मलाई कहाँबाट निर्वाचन लड्नु हुन्छ भनेर नेताहरुले सोधेका थिए । चितवन–३ मेरो क्षेत्र हो । म यहीँबाट लड्छु भनेको हो । प्रदेशबाट उठ्न नि मानिन । त्यसपछि प्रचण्ड गोरखा गएका हुन् । मैले जे बोलेको थिएँ । अहिले त्यही भयो । गठबन्धन टुट्यो ।’

नेता गुरुङले एमालेले दोस्रोस्तरका नेताहरु सरकारमा पठाएकोले गठबन्धन कतिसमय टिक्छ यसै भन्न नसकिने बताए । प्रचण्ड निकै अस्थिर र विश्वास नभएको नेता भएको उनले आरोप लगाए । उनले भने, ‘ माओवादी घट्दो छ । यस्तो अस्थिर गतिविधि राम्रो हुँदैन । अब सत्ताबाट फुस्केपछि फेरि सत्तामा आउन कठिन छ । अरु बामपन्थी दलसँग नमिलेसम्म सुखै छैन ।’

नेता गुरुङले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल आफूहरुले जितेर पठाएको मेयर भएकोले माथि गठबन्धन जे भए पनि कांग्रेसले उनलाई सहयोग नै गर्ने बताए । तर, मेयरले कांग्रेसलाई बेवास्ता गरे अगाडि बढेमा आफूहरु पनि सोही ढंगले व्यवहार गर्ने विचार राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>