खेलकुद

नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य

Banner

काठमाडौं, फागुन ३०-

हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>