चितवन विशेष

राईनोकुञ्जमा डढेलो तथा अग्नी नियन्त्रण प्रशिक्षण

Banner

चितवन, फागुन ३०-

भरतपुर महानगरपालिका–१३ राईनोकुञ्जमा वन डढेलो तथा अग्नी नियन्त्रण प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनको आयोजना र भरतपुर–१३ को आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो। बेलशहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण प्रदान गरिएको थियो।

समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा सञ्जाल मृगकुन्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलोका कारण डढेलोबाट हुने विपद् र यसको समाधान बाहेक प्रशिक्षण र फिल्ड अभ्यास गराएका थिए । चितवन राष्ट्रिय निकुञ्जका रेन्जर सुमन भट्टराईले वनमा आगजनी गर्नेलाई हुने कानुनी कारबाही बारे प्रशिक्षण दिए ।

सोहि कार्यक्रममा महादेव रानाभाटको संयोजकत्वमा १७ जनाको अग्नी नियन्त्रण दस्ता गठन गरिएको छ। दस्तालाई भरतपुर १३ का वडा सदस्य चेत बहादुर तामाङले अग्नी नियन्त्रणमा सशक्त लाग्न अनुरोध गरे ।

भरतपुर–१३ का वडाध्यक्ष प्रकाश दवाडीले बन सम्पदा संरक्षणले मानव हित गर्ने भएकोले सबै सचेत भएर लाग्न जरूरी रहेको बताए । लुकीछिपी वन, नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न पनि उनले अनुरोध गरे ।

अध्यक्ष दवाडीले भने, ‘मानिसले आगोको आधुनिक विकास गर्न सक्यो तर यसको दुरुपयोगले विनाश पनि हुन्छ। वनमा जाँदा चुरोट सल्काउने जथाभावि फाल्ने कार्य गर्न भएन, वनमा घाँसको पालुवाको लोभले डढेलो लगाउन हुँदैन, केहि गरी आगो बस्तीमा पुगे धनजनको ठूलो क्षती पनि हुने हुँदा सबैले गम्भीर हुनुपर्छ ।’,

कार्यक्रममा उपलब्ध अग्नी नियन्त्रणका सबै सामाग्री दवाडीले बेलशहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गरे । कार्यक्रमका संयोजक महादेव रानाभाटको सभापतित्वमा सम्पन्न गरिएको थियो।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संस्थापक अपिल घिमिरेले सहयोगी संस्था र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>