चितवन विशेष
सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा चितवनमा दुई ठूला फुटबल प्रतियोगिता

चितवन,फागुन २२-
चितवनको भरतपुरमा दुई ठूला खेलकुद प्रतियागिताहरु सञ्चालन भइरहेका छन । सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर १० स्थित प्रहरी शिक्षालयमा र भरतपुर १९ को शारदानगरमा फुटबल प्रतियोगिता सञ्चालन भइरहेका हुन ।
दुबै प्रतियोगिता भरतपुर भ्रमण बर्षलाई लक्षित गरेको आयोजना गरिएको छ । प्रहरी शिक्षालयमा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियन कप २०८० र शारदानगरमा सेन्ट्रल कलेज दोस्रो बखानकप २०८० आयोजना गरिएको हो । प्रहरी शिक्षालयमा चितवन एक्स आइ क्लबको आयोजना र शारदानगरमा युवा तथा खेलकुद विकास समिति भरतपुर १९ र शारदानगर भूतपूर्व सैनिक कल्याणकारी संस्थाको आयोजनामा प्रतियोगिता गरिएको हो ।
दुई प्रतियोगितामा जिल्ला भित्र र बाहिरका विभिन्न टिमको सहभागिता रहेको छ । खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आइरहेको केलजले पछिल्लो समय दुई ठूला प्रतियोगिताको आफ्नै टाइटलसहितको मुख्य प्रायोजन गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।
उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको सेन्ट्रल कलेजले यसअघि भरतपुर महानगरपालिका १० का सबै टोल विकास संस्थालाई जर्सी सहयोग गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले २७ वटै टोलको जर्सी वडाध्यक्ष परमेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको थियो । यस्तै कलेजले चितवनबाट प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि छनोट भएका सबै खेलाडिहरुलाई जर्सी सहयोग गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो ।
कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।