चितवन विशेष

भरतपुर १० का २७ टोल विकास संस्थालाई सेन्ट्रल कलेजको जर्सी सहयोग

Banner

चितवन,फागुन २२-

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको सेन्ट्रल कलेजले भरतपुर महानगरपालिका १० का सबै टोल विकास संस्थालाई जर्सी सहयोग गरेको छ । सोमबार वडा कार्यालयमा आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले २७ वटै टोलको जर्सी वडाध्यक्ष परमेश्वर खनाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै वडाध्यक्ष खनालले सबै टोलका अध्यक्षसंग सल्लाहा गरेर अन्तर टोल फुटबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो । फुटबल खेलबाट वडाबासीलाई मनोरञ्जन र मित्रमिलनको भावना बढाउने उदेश्यले प्रतियोगिता आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा २७ वटै टोलका अध्यक्ष, प्रतिनिधि र खेलाडिहरुको सहभागिता रहेको उहाँले बताउनुभयो । ‘सेन्ट्रल कलेजले कक्षा १२ अध्ययनपछि उच्च शिक्षा अध्यननका लागि सहज रुपमा विभिन्न देशमा विद्यार्थी पठाइरहको छ,खनालले भन्नुभयो ।’ घरदैलोको कलेजले विश्वासको वातावरण बनाइरहनुभएको भन्दै उहाँले यो कलेजले चितवनमा केन्द्र बनाएर देशका विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेको बताउनुभयो । ‘सेन्ट्रल कलेजले सामाजिक काममा निरन्तर सहयोग गरिरहेको भन्दै कलेजको यो काम प्रशंसनिय छ, वडाले मुरी मुरी धन्यबाद दिन चाहान्छ,उहाँले भन्नुभयो ।’

यसअघि सेन्ट्रल कलेजले चितवन जिल्लाबाट छनोट भएर राष्ट्रपति रनिङशिल्डको बागमती प्रदेशस्तरिय प्रतियोगितामा सहभागि हुने सम्पूर्ण खेलाडिलाई ट्रयाक सुट र जर्सी सहयोग गरेको थियो ।

कलेजले जापानसंगै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>