चितवन विशेष

भरतपुरमा जेब्रा क्रसिङमा हिडेका ९ बर्षका बालकलाई बसले ठक्कर दियो,घटनास्थलमै मृत्यु

Banner

भरतपुर,फागुन २१-

चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्वर ७ स्थित माछापुच्छ्रे चोकमा साँझ ७ः४५ बजे नारायणगढबाट माडी तर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्वरको बसले सोही ठाउँ बस्ने बिक्रम पौडेलका छोरा ९ बर्षका आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । बसमा सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

चालकको चरम लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले शव उठाउन दिएका छैनन । बसले विपरित लेन र जेब्रा क्रसिङमा हिडिरहेका बालकलाई ठक्कर दिएको स्थानीयले बताएका छन । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>